नयाँदिल्ली, २० मंसिर । बलात्कृत एक महिलालाई भारत नयाँदिल्लीको अदालत जाँदै गर्दा बाटोमै जलाइएको छ । उन्नाओ जिल्लाी २३ बर्षीया ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको धेरै भाग जलेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ । गत मार्चमा आफू बलात्कृत भएको भन्दै उनले स्थानीय दुई जना पुरुषविरुद्ध जाहेरी दिएकी थिइन ।

अदालतले उक्त मुद्दाको सुनुवाइका लागि ती महिला जाँदै गर्दा बाटोमा पर्ने ट्रेन स्टेसनमा पुरुषहरुको एक समूहले तानेर नजिकै खेतमा पु¥याइ आगो लगाएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

घटनापछि बलात्कार गरेको आरोप लागेका दुई जनासँगै अरु तीन जना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ । नागरिक दैनिकबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।