मंसिर १८ – चर्चित अभिनेता विपिन कार्की अभिनित चलचित्र सेल्फी किङ’को टिजर सार्वजनिक गरिएको छ । माघ २४ गतेबाट देशभरका हलहरुमा प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको टिजर मंगलबार सार्वजनिक गरिएको हो । टिजरमा अभिनेता विपिनलाई मात्र देखाईएको छ।

टिजरमा उनी फरक अवतारमा देखिएका छन् । विशाल सापकोटा निर्देशनमा बनेको यस चलचित्रमा विपिन कार्की , लक्ष्मी वर्देवा, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ। यस चलचित्रमा विपिनले लक्ष्मी वर्देवासंग जोडी बाँधेका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।