मंसिर १८ – साताको चौथो दिन बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ । आज सुन आठ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।

मंगलबार ७१ हजार चार सयमा कारोबार भएको छापावाला सुन बुधबार आठ सयले बढेर ७२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।