हेटौंडा, १८ मंसिर- हेटौंडा उपमहानगरपालिका वडा नं.८ बाट चोरीका सामान सहित मकवापुरका विशाल लामा पक्राउ परेका छन् ।

मंसिर ७ गते (नौ दिन अघि) हेटौंडा ८ का विशाल अधिकारीको घरबाट चोरी भएको १ थान राउटर,१ थान नेटवर्क भिडियो रेकडर, ३ थान सिसि क्यामरा, २ थान हार्ड डिक्स, १ थान वाईफाइ वायर, १ थान मोटरसाइकलको कार्बोरेटर, ८ थान चार्जर, १ थान लिवगार्ड ब्याट्री सहित हेटौंडा ८ स्थित खहरेखोलाबाट लामालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरी टोलीले विशेष सुराकको आधारमा शंकास्पद रूपमा कार्टुन बोकी हिँडिरहेको २३ वर्षे लामालाई चेकजाँच तथा सोधपुछ गर्ने क्रममा हेटौंडा ८ स्थित विशाल अधिकारीको घरबाट चोरी गरेको सामान रहेको अनुसन्धानबाट खुल्न आएकोले सामान सहित पक्राउ गरी आवश्यक कानुनी कारबाही भइरहेको प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पीडितको दावी अनुसार उक्त सामानको बजार मूल्य रू ५०,९०० बराबरको रहेको बताइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।