नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर २६ गते बस्ने भएको छ ।
बैठकमा हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, आन्तरिक संगठन सुदृढीकरण र समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठक दिउँसो १ बजेबाट केन्द्रीय कार्यालय सानेपामा बस्ने भएकाले केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि आह्वान गरिएको छ । बैठकमा लथालिंग रहेका भ्रातृसंस्थाको नेतृत्वका बारेमा छलफल हुने जनाइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।