काठमाडौं, १६ मंसिर । तेस्रो पटक नेपालमा आयोजना भइरहेको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले विश्व कीर्तिमानसहित ११ स्वर्ण पदक जितेको छ ।
नेपाली क्रिकेटकी अञ्जली चन्दको अदभूत बलिङले विश्व कीर्तिमान रच्यो । अञ्जलीको कीर्तिमानी खेलबाट शुरु भएको नेपालको प्रदर्शन सोमबार दिनभर उत्साहजनक र इतिहास रच्ने खालको रह्यो ।
नेपालले सोमबार कूल १७ पदक हात पारेको छ । जसमा ११ स्वर्ण, तीन रजत र तीन काँस्य पदक रहेका छन् । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तेक्वान्दो र कराते खेलमा शानदार प्रदर्शन गरको छ ।

नेपालका लागि करातेको लक्ष्मण तामाङ, विप्लव श्रेष्ठ, कुसुम खड्का, अनु अधिकार पदक जितेका छन् । यससँगै करातेमा कुमुते तर्फ नेपालको चार स्वर्ण पदक जितेको छ ।

यस्तै सोमबार नै नेपालले एकल काता पुरुष, टिम काता महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ । एकल काता महिनामा नेपालले रजत पदक जितेको थियो ।

मण्डेकाजीले जिते एकै संस्करणमा दुई स्वर्ण
दक्षिण एसियाली खेलकुद (साग) को एउटै संस्करणमा दुई स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी मन्डेकाजी श्रेष्ठ बनेका छन् । मन्डेकाजी श्रेष्ठले छोरी जन्मिएपछि आफू भाग्यमानी सावित भइरहेको प्रतिक्रिया दिएका छन् । ११ औं सागमा छनोट भएर पनि खेल्न नपाएको इखले नै २ स्वर्ण विजेतासम्म बन्न आइपुगेको उनले बताएका छन् ।

यी हुन् नेपालका स्वर्ण पदक विजेता

१) कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२) कराते (टिम काता, महिला)
३) कराते (टिम काता, पुरुष)
४) कराते (५५ केजी) – लक्ष्मण तामाङ

५) तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
६) तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
७) तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
८) तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
९) ट्रायथलोन – सोनी गुरुङ
१०) तेक्वान्दो–पार्वती गुरुङ
११) कराते – विप्लव श्रेष्ठ
१२) कराते – अनु अधिकारी
१३) कराते –कुसुम खड्का


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।