मंसिर १६ – दुई सन्तानकी आमा आयशा शाक्यले नेपाललाई स्वर्ण पदक दिलाएकी छिन्। नेपालले तेक्वान्दोको पुम्सेमा चौथो स्वर्ण पदक जितेको हो। सफल खेलाडी आयशा शाक्यले २९ वर्ष माथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन्।

आयशाले ७९.४० स्कोरमा जित हासिल गरेकी हुन्। सन् २०११ को सागकी स्वर्ण पदक विजेता आयशाले यसपटक पुम्सेमा प्रतिनिधित्व गरेकी हुन्।

यसअघि उनले २००६ को एसियाली खेलकुदमा पनि कास्य पदक जितेकी थिइन्।

पुम्सेमा यसअघि नेपालका लागि पार्वती गुरुङ, कमल श्रेष्ठ, सिना मादेन लिम्बुले स्वर्ण पदक जितिसकेका छन्। त्यस्तै कृष्णबहादुर तामाङले रजत पदक जितेका छन्।

आयशा नेपालका कीर्तिमानी खेलाडी दीपक विष्टकी श्रीमती हुन्। यससँगै नेपालले सागमा आठ स्वर्ण पदक जितेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।