हेटौंडा, १६ मंसिर – पछिल्लो समय हेटौडामा आफ्नो विशेषदिनहरु मामाघर नेपालमा मनाउने क्रम बढेको छ । त्यस्तै नवलपरासी,प्रगतिनगर घर भै हाल विस्स कन्सर्न स्टेट युसए बस्दै आएका प्रमोद आचार्य तथा सन्ध्या पौडेल आचार्यले आफ्नो चौथो बिबाह बर्षगाँठ सडक बालबालिकाको ब्यबस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरमा मनाएका छन् ।

सडक बालबालिकाको ब्यबस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरमा आचार्य जोडिले १ महीनाको रासन सहयोग स्वरुप उपलब्ध गराएका छन् । सन्ध्या पौडेल आचार्यका माता पिता हेटौंडा २ निवासी मधुसूदन पौडेल र गँगा पौडेलले उक्त सहयोग मामाघर नेपालमा हस्तान्तरण गरेका हुन् ।

पछिल्लो समय हेटौडामा आफ्नो विशेषदिनहरु ममाघरमा मनाउने क्रम बढेको र यसले समाजमा राम्रो सन्देश जाने मामाघर नेपालले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।