हेटौँडा,१६ मंसिर ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १० को गहना पसलबाट भाग्ने क्रममा एकजना युवा पक्राउ परेका छन् ।
आज हेटौंडा -१० बासुदेव मार्गमा रहेको केदारनाथ सुनचाँदी पसलबाट करिव साढे ४ तोला गहना लिएर भाग्दै गर्दा मकवानपुर भीमफेदी गाउँपालिका सिस्नेरीका अन्दाजी १८ बर्षिय सुरज ओली पक्राउ परेका हुन् ।

गहना लिएर भाग्दै गर्दा उनलाई ब्यवसायीलेनै पक्राउ गरि प्रहरीलाई जिम्मा लगाएका हुन् । उनले औठी र ब्रास्लेट लिएर मोटरसाईकलमा भाग्न खोज्दा पक्राउ गरिएको हो । उनलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।