हेटौँडा,१६ मंसिर ।
मकवानपुर हेटौँडा कर्रा निवासी संजिप ओझाले काठमाण्डौँमा जारी सागमा स्वर्ण पदक जितेका छन् ।  सागमा डबल पुम्से (तेक्वान्दो) विधामा स्वर्ण पदक जित्दै उनले देश सँगै मकवानपुरको समेत शान बढाएका छन् ।

स्वर्ण जितेपछि प्रतिक्रिया दिँदै उनले यो पदक आफ्नो जीवनैकै महत्वपूर्ण हिस्सा भएको बताए । यो संगै मकवानपुरको दुईजनाले सागमा स्वर्ण जितेका छन् ।सगमा देशको लागि स्वर्ण जित्न पाउनु सौभाग्यको विषय भएको उनको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।