
१६ मंसिर,बलात्कारको आरोप लागेका बराहक्षेत्र चतराधामका सिद्धबाबा कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले थप अनुसन्धान गर्नका लागि प्रहरीलाई चार दिनको म्याद दिएको छ ।
सोमबार विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो । अनुसन्धानका लागि थप समय प्रहरीले मागेपछि जिल्ला न्यायाधीश धर्मराज पौडेलको इजलासले चार दिनको म्याद थप गरेको हो ।
जिल्ला अदालत सुनसरीले उनीमाथि अनुसन्धान गर्न चार दिनको म्याद थपेको सुनसरी प्रहरी प्रवक्ता एवं डिएसपी विनोद शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्