
हेटौंडा, १६ मंसिर- मकवानपुरबाट २५ किलो अवैध लागू औषध चरेस सहित २ जना मानिस पक्राउ परेका छन् ।आइतवार भिमफेदी गाँउपालिका २ भैसे चोकमा जिल्ला प्रहरी कार्यालय मातहतको प्रहरी चौकी भैसेबाट आइतवार विहानको ९:२० बजे भारत बिहार मोतिहारी सिसुवा ग्राम वडा नं २ बस्ने वर्ष २५ का राजेश यादव र मोग्लेसपुर बस्ने वर्ष १८ का ऋषि कुमार यादव प्रकाउ परेका छन् ।
चेकिङ्को क्रममा पालुङ्बाट हेटौडा तर्फ आउँदै गरेको बा २५ प ८७८३ नम्बरको मोटरसाइकलमा सिट र ट्याङकीको मुनी फल्स बटम बनाई राखेको लागूऔषध चरेस २५ केजी फेला परेको हो ।
मोटरसाइकल समेत नियन्त्रणमा लिई पक्राउ गरिएको तथा निजहरू उपर थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्