मंसिर १६ – विराटनगरस्थित विराटनगर अस्पतालमा उपचारका लागि आइसीयूमा भर्ना भएका सिद्धबाबा जगत्गुरु कृष्णदासजी महाराजलाई प्रहरीले बलात्कार अभियोगमा पक्राउ गरेको छ ।

बिहान करिब ४ बजे सुनसरीका प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आइतबार बेलुका उनलाई अस्पतालमा नै छोडेर प्रहरी फर्केको थियो । तर, सोमबार बिहानै उनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीमाथि एक महिला अनुयायीले बलात्कार गरेको आरोप लगाएकी छिन् । ती महिला र सिद्धबाबाबीचको फेसबुक च्याट र कल रेकर्ड सार्वजनिक भएसँगै यो घटनाले ठुलो रुप लिएको हो । तर, आफुलाई फसाउन खोजिएको कृष्णदासजी महाराजले बताउँदै आइरहेका छन् ।

सार्वजनिक भएको अडियो आफ्नो नभएको र अरु कसैको भएको उनको दाबी छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।