मंसिर १६ – सुनसरीको धरान उपमहानगरपालिका नेकपा र नेपाली कांग्रेसबीच मत अन्तर फराकिलो बन्दै गएको छ ।

पछिल्लो मत परिणाममा नेपाली कांग्रेस उम्मेदवार तिलक राई विजयी नजिक देखिएका छन् । नेकपाका उम्मेदवार प्रकाश राई उनलाई पछ्याइरहेका छन् ।

काँग्रेसका तिलक राईले २४ हजार ६५१ मत पाउँदा नेकपाका प्रकाश राईले २३ हजार ४ मत पाएका हुन् ।

अहिले वडा नम्बर १ र ७ को मत गणना भइरहेको छ ।शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो ।

यस अघिको निर्वाचनमा तत्कालिन नेकपा एमालेका तारा सुब्बाले २० हजार ९७५ मत ल्याएर विजयी भएका थिए ।

काँग्रेसका तिलक राईले १६ हजार १०२ मत ल्याएर पराजित भएका थिए भने तत्कालिन माओवादी केन्द्रका उम्मेदवार आइन्द्र विक्रम बेघाले ११ हजार १८० मत प्राप्त गरेर तोस्रो भएका थिए ।

प्रमुख तारा सुब्बाको निधन भएपछि यस उपमहानगरमा उपनिर्वाचन भएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।