१६ मंसिर,१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले दोस्रो स्वर्ण जितेको छ। तेक्वान्दोकाे पुम्सेमा कमल श्रेष्ठले स्वर्ण जितेका छन् ।

नेपाललाई दोस्रो स्वर्ण दिलाएका कमलले भारतका राहुल जैनलाई पराजित गरे ।  तेक्वान्दोको पुम्से इभेन्ट्समा उनले ८ दशमलव २७० अंक प्राप्त गर्दै स्वर्ण हात पारे । दोस्रो स्थानमा रहेका राहुलले ८ दशमलव २०० अंक प्राप्त गरे ।

त्यस्तै तेस्रो स्थानमा श्रीलंकाका खेलाडी रहे । उनले ८ दशलमव ५० अंक प्राप्त गरे ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।