तस्बिर : सुरेन्द्र राज थीके

हेटौंडा,मंसिर १६ – काठमाडौंबाट विरगंज आउदै गरेको बिरगंज सुमो यातायातको सुमो देउराली नजिक दुर्घटना भएको छ । भिमफेदी कुलेखानी सडक खण्ड अन्तर्गत इन्द्रसरोवर २ देउराली नजिक दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

काठमाडौंबाट विरगंज तर्फ आउदै गरेको ना १ ज २८९९ नम्बरको सुमो दुर्घटना हुँदा सुमोमा सवार १२ जना घाइते भएका छन् जसमा तिन जनाको अवस्था गम्भीर रहेको चालक जिल्ला बारा कोल्बी घर ठेगान भएका चौबिस बर्षिय प्रकाश कार्किले बताएका छन् ।

सुमो सडकबाट ५० मिटर तल खसेको र घाइते बिरामि मध्ये चारजनालार्इ भीमफेदी प्राथमीक स्वास्थ्य केन्द्र र बांकी बिरामी हेटौडा उपचारको लागी पठाई सकेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

 

प्राथमीक स्वास्थ्य केन्द्र भीमफेदीले जनाए अनुसार उक्त केन्द्रमा महेन्द्र नगर सुनसरीका भीम बहादुर दाहाल,बारा फेटाका राम एकबाल प्रसाद,कास्कि पोखराका सबिता लामिछाने लाई उपचार भइरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।