मंसिर १६ – अज्ञात समूहले दुई एक्जाभेटरमा आगजनी गरेको छ । गए राति भोजपुर नगरपालिका १२ स्थित प्रतिमा प्रेशा कन्ट्रसन प्रालिको वाा २ क ७६९२ नंको स्काभेटरमा पेट्रोल छर्केर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै टेम्केमैयुङ गाउँपालिका दुई छिनामखुको नौले गाउँमा मध्यपहाडी लोक मार्गमा सडक निर्माणका क्रममा राखिएको गोल्डेन गु्रप शेर्पा कन्ट्रक्सन प्रालिको वा २ क ६६१९ नंको एक्जाभेटरमा पनि आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताउनुभयो । आगजनी कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।