मंसिर १५- नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको जोडी बलिउडमा सबैभन्दा पर्फेक्ट जोडी भएको चर्चा गरिन्छ ।

त्यसो त अनुष्का र विराट दुवै आआफ्नो क्षेत्रमा निकै व्यस्त दिनचर्या बिताइरहेका छन् । तर ती दुबैले एक अर्काको लागि व्यस्त सेड्यूलका बावजुद समय निकाल्छन् । हालै विराट अनुष्काका साथ इभनिङ शो फिल्म हेर्न पुगे, सोको तस्वीर उनले सामाजिक सञ्जालमा पोष्ट गरे ।

तस्वीरको क्याप्सनमा उनले लेखेका छन्, पछिल्लो रात, फिल्म यी हटीका साथ । यो तस्वीर निकै भाइरल भइरहेको छ । बंगलादेशसँगको खेल सकिएपछि विराट अनुष्काका साथ समय बिताइरहेका छन्


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।