मंसिर १५ – पशुपति शमशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०का उम्मेदवारले कपिलवस्तुको शिवराज नगरपालिकामा भएको वडाध्यक्षको उपनिर्वाचनमा शून्य मत पाएका छन् ।

राप्रपा संयुक्तका उम्मेदवार ५३ वर्षीय नुर मोहम्मद मनिहारले शिवराज नगरपालिकाको वडा नं १० मा एक मत पनि नपाएका हुन् । उक्त वडामा कुल १७ सय २२ मत खसेको थियो ।

उक्त वडामा राष्ट्रिय जनता पार्टीले वडाध्यक्ष पद जितेको छ । राजपाकी मन्जू मिश्र ८६८ मत ल्याउँदै वडाध्यक्ष निर्वाचित भएकी हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।