file photo

मंसिर १५- आईसीयूमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार सातौंपटक डायलासिस गरिएको छ। यसअघि ग्रान्डी अस्पतालमा २६ दिनमा चारपटक डायलासिस गरिएको थियो।

एपेन्डिसाइटिस भएर प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएयता तीनपटक डायलासिस गरिएको हो।

एपेन्डिक्सको शल्यक्रिया गरिएको पाँचौं दिन शनिबार प्रधानमन्त्री ओलीले उसिनेको अन्डा र साग खाएका छन्। उनलाई आईसीयूभित्रै सहारा दिएर हिँडडुलसमेत गराइएको छ। यो खबर आजको कान्तिपुरमा अतुल मिश्रले लेखेका छन्।

दिउँसो डायलासिस गरिएपछि प्रधामन्त्री ओली ३–४ घण्टा सुतेको अस्पताल स्रोतले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।