मंसिर १५ – कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ नेकपाकी विद्या भट्टराईले आफ्नो अग्रता कायमै राख्नुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले १९ हजार १ सय ६७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १० हजार ३ सय ६१ मत प्राप्त गनुभएको छ ।

यो परिणाम अनुसार नेकपा उम्मेदवार भट्टराईको अग्रता झण्डै ९ हजारको हाराहारीमा रहेको छ । उपनिर्वाचन भएको कास्कीको निर्वाचन क्षेत्र–२ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्दछन् ।

कास्की क्षेत्र नं २ बाट निर्वाचित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त रहेको थियो ।

अघिल्लो निर्वाचनमा रवीन्द्र अधिकारीले नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गर्नुभएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।