हेटौंडा, १४ मंसिर, प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले अपांगता भएका व्यक्तिहरुको लागी ८ करोड रुपैयाँ विनियोजन गरेको छ । समाजमा अन्य व्यक्ति भन्दा फरक पहिचान बोकेका अर्थात अपांगता भएका व्यक्तिहरुको क्षमता अभिवृद्वि गर्दै उनीहरुको जीवनयापनमा सहयोग पुर्याउने विविध कार्यक्रमको लागी मन्त्रालयले चालु आवमा ८ करोड ७ लाख भन्दा धेरै विनियोजन गरेको मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख ईन्दिरा ओझाले जानकारि दिईन् ।

ओझाको अनुसार मन्त्रालयले समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम अन्तर्गत तीन करोड ५७ लाख विनियोजन गरेको छ । जुन कार्यक्रम सञ्चालन गर्न प्रदेशका एकसय १९ वटै स्थानीय तहमा ३/३ लाखको दरले तीन करोड ५७ लाख विनियोजन गरेको हो ।

यस्तै मन्त्रालयले अपांङ्गता भएकाहरुको लागी सहायक सामाग्री उत्पादन तथा वितरणको लागी पचास लाख , अपांङ्गता क्षेत्रमा काम गर्ने संघ सस्ंथालाई सहयोगको लागी एक करोड र सामाजिक सुरक्षा सम्बन्धी कोष स्थापनाको लागी तीन करोड रुपैया विनियोजन गरेको ओझाको भनाई छ । गत महिनामा मात्रै मन्त्रालयले अपांगता भएका व्यक्तिको सहजताको लागी अपांगता सुचना केन्द्र सञ्चालनमा ल्याएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।