अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प बिहीवार अचानक अफगानिस्तान पुगेका छन् । अमेरिकाको प्रसिद्ध दिन थ्यांक्सगिभिङको अवसरमा वाशिङटनबाट फ्लोरिडागइरहेका ट्रम्पले अचानक योजना बदले अनि अफगानिस्तान पुगे । ट्रम्पले अफगानिस्तान पुगेर अमेरिकी सैनिकहरूसँग भेटघाट गरे । तालिबानसँग १८ वर्षदेखि चलिरहेको संघर्ष अन्तय गर्नका लागि उनले वार्ता पुनः शुरू भएको जानकारी दिए । ‘तालिबान एउटा सम्झौता गर्न चाहन्छ,’ ट्रम्पले बागराम एयरबेसमा अमेरिकी सैनिकहरूलाई भने । पहिलोपटक अफगानिस्तान पुगेका ट्रम्पले त्यहाँका राष्ट्रपति अशरफ गानीलाई पनि भेटे ।

तालिबानसँगको शान्तिवार्ता सुचारु गर्नका लागि कैदीबन्दी आदानप्रदानपछि ट्रम्पको भ्रमण भएको हो । अमेरिकाले अफगानिस्तानमा आफ्ना सैनिकको संख्या उल्लेख्य रूपमा घटाउने समेत बताए । सन् २००१ को सेप्टेम्बर ११ मा गरिएको आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा गरेको हस्तक्षेपपछि अहिले पनि १३ हजार अमेरिकी सैनिक त्यहीँ बसिरहेका छन् ।

तालिबानले सन् २०१६ देखि बन्धक बनाएका दुई पश्चिमी प्राज्ञहरू केभिन किङ र टिमोथी वीक्सलाई मुक्त गरेको केही हप्तापछि ट्रम्पको भ्रमण भएको हो । कैदमा रहेका तीन वरिष्ठ लडाकूहरूसँग ती प्राज्ञहरूलाई साटिएको हो । ‘तालिबानले पहिला युद्धविरा मगर्न चाहेको थिएन तर अहिले चाहेको छ,’ ट्रम्पले काबुल नजिक रहेको एयरबेसमा भने । ‘अब त्यसले काम गर्छ भन्ने मेरो विश्वास छ ।’ तर वार्ताहरू कत्तिको परिणाममुखी रहे भन्ने स्पष्ट छैन । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।