हेटौँडा,११ मंसिर ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ११ मा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्कीदा ३ जना घाईते भएका छन् ।
घाईते हुनेहरुमा हेटौंडा उपमहानगरपालिका ११ नवलपुर बस्ने २० वर्षीय कविदेव विश्वकर्मा, सोही ठाउँ बस्ने २० वर्षीय आकाश विश्वकर्मा र विरगन्ज महानगरपालिका-१३ मुरली चोक घर भई हेटौंडा-११ थानाभर्याङ बस्ने १८ वर्षीय राजु शेख रहेका छन् ।

हेटौडा-११ स्मारक गेट नजिक सडकखण्डमा हेटौडाबाट नवलपुरतर्फ जादै गरेको ना ३५ प ९९४३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जादै गरेको ना ५८ प ९४१७ नम्बरको मोटरसाइकलले पछाडी बाट ठक्कर दिदा उनिहरु घाईते भएका हुन् ।

घाईतेहरुको चुरेहिल अस्पतालमा उपचार जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।