हेटौँडा,११ मंसिर ।
भर्खरै भुकम्प गएको छ । भुकम्पको धक्का हेटौँडामा पनि महशुस गरिएको छ । भुकम्पको धक्का काठमाण्डौँ सहितको अन्य जिल्लामा पनि महशुस गरिएको छ ।

राति १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चाेककाे फुल्पिङकाेट केन्द्रविन्दु भएर ५ म्याग्निच्यूडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचाैरले जनाएकाे छ ।

सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्प गए पनि काठमाण्डाै, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चाेकमा समेत भूकम्पकाे धक्का महसुस गरिएकाे छ । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भैसकेको छैन ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।