मंसिर ५- युजील्यान्डकी एक महिला र अस्ट्रेलियाका एक पुरुषले ३७ हजार फीट माथि उडिरहेको विमानमा विवाह गरेका छन् । डेभिड भ्यालिएन्ट र क्याथी भ्यालिएन्टले सिड्नीबाट अकल्यान्ड गइरहेको जेटस्टार फ्लाइट २०१ मा विवाहको वाचा बाँधेका हुन् ।

यी दुई देशको सीमामाथि विमान उड्दा यस जोडीले क्याबिन क्रूको उपस्थितिमा एकअर्काप्रतिको प्रेम र प्रतिबद्धता व्यक्त गरेका हुन् । विमानयात्रा बीचमा पुग्दा उनीहरूले लगनगाँठो कसेका हुन् ।

‘यो अत्यन्तै रमाइलो अनुभव रह्यो र हामीहरू यसलाई जीवनभरि याद राख्नेछौं,’ क्याथी भ्यालिएन्टले एक बयान जारी गरेर बताइन् ।

उनीहरूको भेटघाट सन् २०११ मा अन्लाइन खेल एयरपोर्ट सिटी खेल्दै गर्दा भएको हो । दुई वर्षअघि मात्र उनीहरूले सिड्नी विमानस्थलमा प्रत्यक्ष देखभेट गरेका हुन् ।

‘उड्डयनप्रतिको हाम्रो प्रेमले हामीलाई सँगै ल्याएको हो,’ क्याथीले भनिन् ।

विमान उड्नुअघि सिड्नी विमानस्थलमा उनीहरूको वैधानिक विवाह समारोह सम्पन्न भएको थियो तर आकाशमा उड्दा गरिएको विधिविधान चाहिँ स्मरणीय रह्यो ।

सीएनएनबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।