हेटौंडा ३ मसिंर,जिल्ला प्रहरी कार्यलय बाराले ५ किलो लागु आषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पचरौता नगरपालिका वडा नंबर ७ बेनौली बस्ने कृष्ण साह कलवार रहेको प्रहरीले जनाएको छ ।

आईतबार प्रहरी चौकी पिपरपाति बाराबाट खटिएको प्रहरी टोलिले कलवारलाई बोरा भित्र अबैध लागु औषध गाँजा ५ किलो बोकी लुकाई छिपाई लिई आएको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका कलवारलाई लागु औषध सम्बन्धि मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद अनुमति लिई थप अनुसनधान भईरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।