मंसिर ३ – पार्टी भित्रैबाट सरकार छाड्न चौतर्फी दबाब आइरहँदा पनि समाजवादी पार्टी सरकार छोड्ने मनस्थितिमा देखिंदैन । सरकारसंग भएको २ बुँदे संझौता समेत पुरा हुन नसकेको भन्दै समर्थनको औचित्य खोजिरहेका नेता तथा कार्यकर्ताले पार्टीलाई सरकार त्याग्न दबाब दिइरहेका छन् तर उपप्रधानमन्त्रीसहित सरकारमा रहेको समाजवादीको नेतृत्व सरकार छोड्ने मनस्थितिमा छैन ।

समाजवादी पार्टीले सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग दुई बुँदे सम्झौता गरी सरकारमा सहभागी भएको थियो । सरकारमा सहभागी भएको लगभग दुई वर्ष बिति सक्दा पनि आफ्नो मागलाई सरकारसँग सम्बोधन गराउन सकेको छैन । यसबाट सरकारमा सहभागी भएर पनि समाजवादी कार्यकर्ता माझ अलोकप्रिय बन्दै गइरहेको छ ।

यस्तो बेलामा सरकारमा रहनुको औचित्य नरहेको भन्दै सरकार छाड्न पार्टीलाई नेता तथा कार्यकर्ताहरुको चर्को दबाब छ । तर समाजवादीका शिर्ष नेता उपेन्द्र यादव सरकारलाई अल्टिमेटम दिएर सरकार छाड्ने दाउमा रहेका छन् । सरकारसँग वार्ता गरेर संविधान संशोधन गर्ने र नगर्ने सरकारको प्रतिक्रिया पाएपछि मात्र सरकारमा बस्ने र नबस्ने टुङ्गगो लगाउने समाजबादीका वरिष्ठ नेता अशोक राई बताउनु हुन्छ ।

सरकारले जबसम्म संविधान संशोधन गर्ने कुरा गर्छ तबसम्म सरकारमा बस्ने प्रमुख सचेतक उमाशंकर अरगानिया बताउनु हुन्छ । सरकारले हाम्रो माग पुरा नगरे सडक संघर्षबाट तुफान ल्याउने कोषाध्यक्ष बिजय कुमार यादवको भनाई छ ।

हुनतः सरकारलाई समाजवादी पार्टीले सधैआन्दोलनको धम्की दिदै आएको छ । तर, आन्दोलनमा जाने आँट भने गर्न सकिरहेको छैन । समाजवादी पार्टी सरकारमा रहेकै कारण राजपासँगको एकता प्रक्रिया पनि अघि बढ्न सकेको छैन । सरकारमा सहभागी भएर पनि आफ्नो माग पुरा गराउन सकेको बेला नेता तथा कार्यकतालाई खुशी पार्न सरकारलाई आन्दोलनको धम्की दिन्छ । अब समाजवादी पार्टीले माग सम्बोधन गराउँछ कि आन्दोलन गर्छ, हेर्न बाँकी नै छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।