३ मंसिर,प्रहरीले श्रोत नखुलेको साढे ३५ लाख रकमसहित २ जना युवालाई बाराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-७ झवानी टोल बस्ने २३ वर्षीय सुनिल महतो नुनिया र सोही ठाउका २२ वर्षीय राजन कुमार दुवे रहेका छन्।

प्रहरीले नुनियार र दुवेलाई बारा जिल्लाको पचरौता नगरपालिका- ८ स्थित लंगडाचोकबाट पक्राउ गरेको हो । चेकजाँच गर्नेक्रममा मोटरसाईकलमा आउँदै गरेको अवस्थामा स्रोत नखुलेको साढे ३५ लाखसहित उनीहरु पक्राउ परेका थिए ।

प्रहरीले दुबैजनाको साथबाट झोलाभित्र लुकाएर ल्याउदै गरेको नेपाली रु.एक हजार दरको १२ सय थान र पाँच सय दरको ४७ सय थान गरी जम्मा ३५ लाख ५० हजार रकम बरामद गरेको छ।

नुनियार दुवविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी कसूर, २०७३ अन्तर्गत जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थपी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।