दाङ,तुलसीपुरबाट विप्लवका एक जना कार्यकर्ता पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ निवासी २६ वर्षीय ठाकुरप्रसाद विक पक्राउ परेको प्रहरीले जनाएको छ ।

विक विप्लव माओवादीका दलित मुक्ति मोर्चा दाङका उपाध्याक्ष हुन् ।  दाङको तुलसीपुर उपमहानगरपालिकामा लुकीछिपी हिँडिरहेको अवस्थामा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।