मंसिर ३ – फिल्म ‘सेल्फी किङ’को प्रदर्शन मिति तय भएको छ। ‘सेल्फी किङ’माघ २४ गते प्रदर्शन हुने तय भएको निर्माण टिमले जनाएको छ। फिल्मको रिलिज डेटसँगै अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्की फिचर्ड छन्। फिल्ममा विपिन कार्की ‘सेल्फी किङ’को नामले परिचित चर्चित हाँस्य कलाकारको भुमिकामा प्रस्तुत भएका छन्। ‘सेल्फी किङ’ले कलाकारले कला यात्राको दौरान पाएको सफलता र व्यक्तिगत जीवन बीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा भन्नेछ।

He will entertain and enlighten! Can’t wait!Best wishes Bishal bro, Dinesh dai and entire team!

Posted by Naresh Kumar KC on Monday, November 18, 2019

निर्देशक दिनेश राउतले आफ्नो फेसबुक पेजमा फिल्मको रिलिज डेट र पोस्टर सार्वजनिक गरेका छन्। राउतले लेखेका छन्, दर्शक तथा समीक्षकबाट उत्कृष्टप्रतिक्रिया पाउन सफल चलचित्र प्रसाद पछि हामी लिएर आउदै छौँ चलचित्र सेल्फी किङ।

ड्रामा र कमेडी जनरामा निर्माण भएको यस फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन्। फिल्ममा विपिन कार्कीको मुख्य भूमिका रहेको छ। सेल्फी किङमा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जिवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारहरुको अभिनय रहेको छ।

साथै यस फिल्ममा अभिनेत्री केकी अधिकारीको विशेष भुमिका रहेको बताइएको छ। गतवर्ष व्यवसायिक र समिक्षात्मक दुवै रुपमा सफल फिल्म ‘प्रसाद’का निर्देशक राउत र सोही फिल्मका निर्माता सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेको सेल्फी किङमा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छाँयांकन र जिवन थापाको सम्पादन रहेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।