मन्त्रीमण्डल पुनर्गठनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच असहमति भएको भन्ने समाचारको अध्यक्ष प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ ।   मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डको सचिवालयले मन्त्रिपरिषद फेरबदलको विषय प्रधानमन्त्रीको क्षेत्राधिकार भएको भन्दै अध्यक्ष प्रचण्डले बारम्बार त्यही कुरामा जोड दिएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘मन्त्रीमण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौँ’।

यसअघि पूर्वमाओवादी समूहबाट मन्त्री बनेकी खानेपानीमन्त्री विना मगरका विषयमा सोमबार दुई अध्यक्षबीच सहमति जुट्न नसकेको र छलफलमा ओलीले मगरलाई हटाउने, मन्त्रालय फेर्ने वा उनलाई मन्त्रीपरिषद्बाट झिक्दा दाहालले प्रस्तावित गरेका पूर्वएमालेतर्फका एक मन्त्रीलाई झिक्नेसम्मका प्रस्ताव गरे पनि दाहाल सहमत नभएको समाचार प्रकाशित भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।