मंसिर ३- राष्ट्रिय फुटबल टीमका प्रमुख चार खेलाडी माथि कार्बाही गर्ने अखिल नेपाल फुटबल संघ ९एन्फा०का पदाधिकारी माथि छानबिन गर्न माग गरिएको छ ।काठमाडौं, भक्तपुर, ललितपुर र धादिङका एन्फाले बक्तव्य जारी गर्दै खेलाडीहरुलाई कार्बाही गर्ने एन्फा पदाधिकारीमाथि कार्बाहीको माग राखेका छन् ।

रातको समयमा खेलाडी बाहिरिएको भनिएकाले प्रशिक्षक, व्यवस्थापक र होस्टेल व्यवस्थापकमाथि छानबिन हुनुपर्ने माग उनीहरुले गरेका छन् ।

विश्वकप छनोटजस्तो महत्वपूर्ण खेलमा खेलाडीहरुलाई स्पष्टिकरण नलिई कार्बाही गरिनुलाई उनीहरुले आश्चार्यको विषय मानेका छन् ।

एन्फाले राष्ट्रिय टीमका प्रमुख खेलाडीहरु बिमल घर्तिमगर, अञ्जन बिष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई कार्बाही गरेको छ । मंगलबार कुवेत विरुद्ध भुटानमा हुने खेलबाट उनीहरुलाई हटाइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।