मंसिर ३ – आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। हिजो २ सय रुपैयाँ घटेको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।