हेटौंडा, ३ मसिंर,मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ५ मा सवारी दुर्घटना हुदाँ दुई जना घाईते भएका छन् । बकैया गाउँपालिका वडा नंबर ५ र हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ को बिचमा पर्ने फुर्केचौर जगंलमा प्रदेश नंबर ३ ०१०२२ च ३२५० नंबर को स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फुर्केचौरबाट  ठुलोदमार आउँदै गरेको स्कारपियो ब्याक गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा परी चालक काठमाडौ १४ कलंकी बस्ने ४८ वर्षका कमल थापा र किर्तिपुर २ बस्ने ४१ वर्षका बलराम ढकाल घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते दुबैको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।