३ मसिंर,फिफा विश्वकप छनौटअन्तर्गत एसियाली राष्ट्रको छनोट खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । भुटानको थिम्पुस्थित चान्ग्लिमिथांग स्टेडियममा भएकोखेलमा नेपाल कुवेतसँग १–० ले पराजित भएको हो । खेलको २८औं मिनेटमा बादेरले कुवेतका लागि गोल गरेका थिए ।

नेपालले यसअघि चारवटै खेल सम्बन्धित देशमा खेलिसकेको छ । चार खेलमा नेपालले तीनवटा हार खेपेको छ । नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० गोलले हराएको थियो । नेपाल तेस्रो खेलमा अस्ट्रेलियासँग ५–० गोलले पराजित भएको थियो ।

चौथो खेलमा नेपालले जोर्डनसँग ३–० गोलको हार बेहोरेको थियो । नेपालले अब चाइनिज ताइपेईसँग सन् २०२० को मार्च २६ मा, जोर्डनसँग सन् २०२० को जुन ४ मा र अस्ट्रेलियासँग सन् २०२० को मार्च ३१ मा दशरथ रंगशालामा खेल्नेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।