३ मसिंर,फिफा विश्वकप छनौटअन्तर्गत एसियाली राष्ट्रको छनोट खेलमा नेपालले आज मंगलबार कुबेतसँग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित चान्ग्लिमिथांग स्टेडियममा खेलिने खेलमा नेपालको लक्ष्य कुबेतलाई रोक्नु रहेको छ ।  यसअघि कुबेतमा खेलिएको अवे खेलमा नेपाल कुबेतसँग ७–० गोलले पराजित भएको थियो । विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा छ । समूहमा नेपालसहित कुबेत, जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेई छन् ।

समूहमा अस्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको कुबेतको सात अंक छ । समान अंक बनाएको जोर्डन तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको नेपालको तीन अंक छ। अंकविहीन चाइनेच ताइपेई अन्तिममा रहेको छ ।

नेपालले यसअघि चारवटै खेल सम्बन्धित देशमा खेलिसकेको छ । चार खेलमा नेपालले तीनवटा हार खेपेको छ । नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० गोलले हराएको थियो । नेपाल तेस्रो खेलमा अस्ट्रेलियासँग ५–० गोलले पराजित भएको थियो । चौथो खेलमा नेपालले जोर्डनसँग ३–० गोलको हार बेहोरेको थियो । नेपालले अब चाइनिज ताइपेईसँग सन् २०२० को मार्च २६ मा, जोर्डनसँग सन् २०२० को जुन ४ मा र अस्ट्रेलियासँग सन् २०२० को मार्च ३१ मा दशरथ रंगशालामा खेल्नेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।