file photo

मंसिर ३ – विश्वकप फुटबल २०२२ को दोस्रो चरणको एशियाली छनोट तथा एएफसी एशिया कप २०२३ को छनोट अन्तर्गत होम म्याचको पहिलो खेलमा नेपाल १–० ले पछि परेको छ।

भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रगंलामा नेपालले पहिलो हाफको २८ औं मिनेटमा गोल खाएको हो।

काठमाडौको दशरथ रगंशालामा खेल हुने भनिएपनि समयमा तयार हुन नसकेपछि खेल तथष्ट भूमिका रुपमा भुटानलाई रोजिएको हो।

छनौट चरणको अवे खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो।

भरपर्दा ४ खेलाडी टोलीबाट बाहिरिएपछि आजको खेलको अग्रपक्तीमा अभिशेक रिजाल एक्लै छन्
छनौट चरणको अवे खेलमा नेपालले चाईनिज ताईपेईलाई २–० ले पराजित गरेको थियो भने अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो।

समूह चरणका ४ अवे खेल खेलेको नेपालको ३ अंक छ। उता कुवेतले भने अष्ट्रेलियालाई ३–०, जोर्डनसँग गोलरहित बराबरी र चाइनिज ताइपेइलाई ९–० ले पराजित गरेको छ। कुवेत ७ अंकमा तालिकाको दोस्रो स्थानमा छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।