रोल्पा,काठमाडौंमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले पूर्णता पाउने कसरत चलिरहँदा रोल्पाका वास्तविक पीडित भने अन्योलमा छन्। २०५५ साल फागुन २६ गते लुङ्ग्री गाउँपालिका–७ हार्जङमा विद्रोही पक्षबाट जिउँदै जलाइएका एकै गाउँका बेगमबहादुर पुन, मनबहादुर गिरी, अमृत गिरी, पुस्ते गिरी, नरबहादुर पुन, ढाटे पुन, ऐभान पुन, गोपाल गिरी र तिर्खराम गिरीका परिवार आज पनि आफन्त मारिनुको कारणबाट बेखबर छन्।

गाउँको आफ्नो मानो खाने यी युवालाई जिउँदै किन जलाइयो ? भन्ने प्रश्नको उत्तर यिनका परिवारले आजसम्म पाएका छैनन्। जलाइनुको यथेष्ट कारण जलाउनेले पनि दिएका छैनन्।

९ जनालाई जिउँदै जलाउँदा झ्यालबाट भाग्न सफल घरधनी बलबहादुर रोका ती दिन सम्झन चाहँदैनन्। ‘के भो के त्यो दिन। तीनवटा गोली हानेका, तर बाँचें। अरूलाई त जिउँदै जलाए नि,’ रोकाले भने, ‘अर्कोे दिन हेलिकोप्टर आयो र जलेका घाइतेलाई लग्यो। पुलिसले हे-यो, के के टिप्यो। मर्ने मरिगए, बाँच्नेलाई उस्तै छ।’

२०५९ साल असोज ६ गते बारीमा हलो जोत्दै गरेका सुनछहरी गाउँपालिका गामका ४९ वर्षीय सुकमन कामीलाई सुरक्षाकर्मीले छिमेकी गाउँ सेरमको घुस्बाङमा लगी गोली हानेर मारेको सुनेकी उनकी पत्नी ६४ वर्षीया लालमता कामीले शव नै पाइनन्। ‘एकै दिन १२ जना गमालीलाई लगेर मा-या हुन्। सबैले म-यो भने। शव नपाए पनि मरेको मानियो,’ लालमताले भनिन्, ‘असोजमा जोडालाई मारे, त्यही फागुनमा प्युठान मजदुरीँडेको छोरा २० वर्षीय नरबहादुर विकलाई पनि बेपत्ता बनाए।’ नागरिक दैनिकले खबर छापेकाे छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।