हेटौँडा,३ मंसिर ।
मकवानपुरको भीमफेदी गाउँपालिकाको वडा नंबर ३ मा गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना सहितको टोली पुगे । उनीहरुको उदेश्य भीमफेदी ३ मा रहेका बृद्धबृद्धाहरुलाई परिचयपत्र वितरण गर्नु थियो । बृद्धबृद्धाहरु गाउँपालिका केन्द्रसम्म आएर परिचयपत्र लान सहज नहुने भएपछि जनप्रतिनिधिको टोलीले गाउँगाउँमा पुगेर परिचयपत्र वितरण गर्ने काम सुुरु गरेको हो ।

सोमबार मात्र वडा नंबर ३ मा ८० जना जेष्ठ नागरिकहरुलाई परिचयपत्र दिईएको गाउँपालिकाले जनाएको छ । वडा नंबर ३ मा १ सय ९३ जना जेष्ठ नागरिकहरु रहेकोमा सोमबार ८० जनालाई वितरण गरिएको हो । वाँकी जेष्ठ नागरिकलाई आज वितरण गर्ने तयारी गरिएको जनाईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।