मंसिर २ – प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशूली ुथ्री एु जलविद्युत आयोजनाको उद्घाटन गर्नुभएको छ ।

सोमबार प्रधानमन्त्री कार्यालयको ुएक्सन रुमुबाट स्विच अन गरेर प्रधानमन्त्री ओलीले जलविद्युत् आयोजनाको उद्घाटन गर्नुभएको हो । उद्घान गर्दै उहाँले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि नागरिकले ठूलो आयोजनाको जग्गाको मुआब्जाको मूल्य महँगो बनाउन नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले अघि बढाएको आयोजना देश र नागरिकको हितका लागि भएकाले पनि यसमा धेरै महँगो हुनेगरी मुआब्जा लिने काम गर्न नहुने स्पष्ट पार्नुभयो । उहाँले ठूला आयोजनालाई प्रतिकुल प्रभाव पार्नेगरी जग्गाको मुआब्जा लिने काम नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले नागरिकले अनुचित ढंगले जग्गाको मुआब्जा लिने गरेकाले ठूला आयोजनाहरु विलम्ब हुने र महँगो हुने भएकाले त्यसलाई सहज ढंगले अघि बढाउन सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनताले अनुचित ढंगले जग्गा मुआब्जाको मूल्य तोकेकै कारण मुलुकको समृद्धिका लागि योगदान पुर्‍याउने ठूल्ठूला जलविद्युत आयोजनाहरुलाई अघि बढाउने काममा बिलम्व भैरहेको पनि बताउनुभयो । उहाँले त्यस विद्युत आयोजनाले देशमा विद्युत आयात न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सरकारले ऊर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकास गरेर देशलाई सामाजिक न्यायसहितको समृद्धिको दिशामा अघि बढाउन चाहेको पनि बताउनुभयो ।

त्रिशूली ुथ्री एु जलविद्युत आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्नसक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । खासगरी काठमाण्डौ उपत्यकाको विद्युत् आपूर्तिमा सन्तुलन ल्याउन र हिउँद महिनामा भारतसँग आयात हुने विद्युत् न्यूनीकरण गर्न पनि आयोजनाले महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।