हेटौंडा,२ मंसिर । प्रदेश नम्बर–३ लोक सेवा आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठले सपथग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यलय हेटौँडामा भएको कार्यक्रममा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले श्रेष्ठलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानु कुमार श्रेष्ठ, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलासप्रसाद ढुंङ्गेल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेशका प्रमख सचिव तोयम राय, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, लगाएतको उपस्थिती रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।