सांकेतिक तस्विर

हेटौँडा,२ मंसिर ।
महिलासँग रंगेहात भेटिएका चुरियामाई माविका प्रधानाध्यापक विष्णु परियारलाई विद्यालयको प्रधानाध्यापकबाट पदमुक्त गरिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर १५ मा रहेको माविका प्रधानाध्यापकलाई बाराको सिमराबाट प्रहरीले एकजना महिलासँग आपत्तीजनक अवस्थामा फेला पारेको थियो ।
आज विद्यालयका अध्यक्ष सुनिल मोक्तानको अध्यक्षतामा बसेको विद्यालय ब्यवस्थापन समितिको बैठकले प्रअ परियारलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

समितिको बैठकले विद्यालयको प्रअको जिम्मेवारीमा कार्यरत प्रअ परियारको बारेमा सञ्चार माध्यमबाट सामाजिक रुपमा नैतिक पतन हुने कार्य गर्दै समाजलाई खलल पुग्ने व्यवहार गरिएको भन्दै समाचार सम्प्रेशण भएकोमा गम्भीर ध्यानाकर्षण भएको ठहर गर्दै उनलाई प्रधानाध्यापक बाट हटाएको हो । बैठकको निर्णयमा लेखिएको छ–‘विद्यालयजस्तो गरिमामय क्षेत्रमा उहाँलाई ९प्रअ परियारलाई० जिम्मेवारी दिन नसकिने हुँदा निजलाई सो जिम्मेवारीबाट मुक्त गराई निजले सम्हाल्दै आएको प्रअको जिम्मेवारी अर्को व्यवस्था नभएसम्म हाललाई यस विद्यालयका सहायक प्रअ श्री केशवप्रसाद खतिवडालाई प्रअको जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो ।’

जिल्ला प्रहरी कार्यालय सिमरा बाराको टोलीले होटलमा यौन क्रियाकलाप गरिरहेको अवस्थामा शनिबार दिउँसो ४ बजेको समयमा ४८ बर्षीय प्रअ परियार र हेटौंडा–५ की ३२ बर्षीया एक महिलालाई होटलबाट पक्राउ गरेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।