हेटौँडा,२ मंसिर ।
मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको वडा नम्बर ६ , बाङराङमा ९ किलोवाटको पिको हाईडोमार्फत विद्युत उत्पादन भएको छ ।
स्थानीय क्षेत्रमा रहेको डिङना खोलाबाट निकालिएको विद्युत परियोजनाको शुक्रबार राक्सिराङ गाँउपालिका वडा नम्बर ६ का अध्यक्ष सिंगलाल प्रजाले उद्धघाटन गर्नुभएको हो ।

निकै विकट क्षेत्रमा बसोवास गर्दै आएका सिमान्तकृत चेपाङ तथा तामाङ समुदायका मानिसहरुको बाहुल्य रहेको राक्सिराङको वडा नम्बर ६ बाङराङमा ग्रामिण प्रविधि सेवा केन्द्र ललितपुरको प्राविधिक सहयोगमा साईमनपु फाउण्डेशन फिनल्याण्ड तथा ईको ईनर्जीको आर्थिक सहयोगमा सो पिको हाईडोमार्फत ९ किलोवाट विद्युत उत्पादनबाट पहिलो चरणमा करीब ९४ घरमा अहिले बत्ति बलेको छ ।
गाँउपालिकाको ३ लाख ५० हजार तथा १० लाख ३० हजार रुपैया बाह्य दाताबाट प्राप्त सहयोगमा निर्मित यो परियोजनाको कुल लागत २७ लाख १५ हजार ६ सय ६८ रुपँैया रहेको कार्यक्रम अधिकृत सानुबाबु पन्डितले बताए ।

पिको हाईड्रो मार्फत उत्पादन भएको सो विद्युतबाट स्थानीयले घरमा बत्तिको साथै टेलिभिजन हेर्न , साना उद्योग संचालन , कुखुरा पालन लगायतका कामहरु गर्न सकेका छन्


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।