कुकुर र चितुवा एकै ठाउँमा मिलेर खेल्छन्, सँगै रमाउँछन् भन्दा पत्याउन मुस्किल हुन्छ । चितुवाले कुकरलाई देख्यो भने मार्छ होला । सायद आफ्नो आहारा बनाउँछ, सबैले सोच्ने यही हो । किनकी देखेको तथ्य पनि यही हो ।

चितुवा र कुकुर एकै ठाउँमा खेलिरहेको, रमाइरहेको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । सिन्सिनाटी चिडियाघर र बोटानिकल गार्डनले उक्त भिडियो सेयर गरेको हो ।

सिन्सिनाटी चिडियाघर र बोटानिकल गार्डनलाई विश्वमा नयाँ नयाँ अदभुत जङ्गली जनावरहरु परिचती गराउने ठाउँको रुपमा चिनिन्छ । सार्वजनिक गरिएको भिडियोमा दुई जनावरहरु फरक प्रजातिको हुँदा पनि एकअर्कासँग खुसी भएको देखिन्छन् ।

चितुवा र कुकुरको त्यो बच्चालाई क्रिस र रिमस नाम दिइएको छ । चिडियाघरको मष्ट फार्म प्रजनन केन्द्रमा क्रिसको जन्म भएको थियो । एक्लो चितुवाको बच्चालाई हेर्किन गाह्रो हुने विचारले चिडियाघरको टिमले क्रिसलाई उद्धार गरिएको रिमससँग राखे ।

अहिले चितुवा र कुकुरलाई सामाजिक सञ्जालमा सबैले मन पराएका छन् । यी दुई जनावरहरु यतिबेला सामाजिक सञ्जालमा मित्रताको ठूलो उदाहरण बनेका छन् ।

हेर्नुहोस् भिडियो]

View this post on Instagram

BFF sleepover with Kris & Remus! 💤 😻

A post shared by Cincinnati Zoo (@cincinnatizoo) on


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।