एसीसी इमर्जिङ एसिया कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।  सोमबार भएको खेलमा नेपाल बंगलादेशको यू-२३ टिमसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको १३९ रनको सामान्य लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाउँदै पूरा गरको हो ।

बंगलादेशको लागि नजमोल हुसेनले अविजित रहदै ५९ रनको अर्धशतकीय पारी खेले । यस्तै मोहमद नाइमले ४५ तथा यासिर अलीले अविजित १८ रन बनाए । नेपालका सुशन भारी र करण केसीले एक/एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा अलआउट हुँदै १३८ रन बनाएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।