मंसिर २ – अभिनेता आयुष्मान खुर्राना अभिनित फिल्म बाला ले दर्शकको मन निकै जितेको छ । अमर कौशिकको निर्देशनमा बनेको यस फिल्मले पहिलो दिनदेखी नै बक्सअफिसमा राम्रो कमाइ गरिरहेको छ । निकै कमेडी बनेको यस फिल्म गएको ७ नोभेम्बरमा रिलिज भएको थियो । पहिलो दिन ९.५० करोड भारू कमाइ गरेको यस फिल्मले पछिल्लो दिनमा राम्रो कमाइ गर्दै गएको छ ।

हाल आयुस्मान अभिनीत बालाुले एक सय करोड भारु कमाइ गरिसकेको छ । १०० करोड क्लबमा प्रबेश गरेको यस फिल्म दर्शकले निकै रुचाएका छन् । कमेडी जनरामा निर्माण भएको यस फिल्ममा आयुष्मान तालुखुइले भुमिकामा छन् । फिल्ममा आयुष्मानसंगै भूमि पडेन्कर, यमी गौतम, सिमा पाहवा, जावेद जाफरी तथा सौरभ शुक्ला लगायतका कलाकारको अभिनय रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।