मंसिर २- अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘गुड न्यूज’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता अक्षय कुमार र करीना कपूरको मुख्य अभिनय रहेको यस फिल्मको ट्रेलर आइतबार सार्वजनिक भएको हो । ट्रेलरमा अभिनेता अक्षय कुमार, दिलजीत दोसांझ, करीना कपूर र कियारा आडवाणीलाई देखाइएको छ ।

निकै कमेडी रहेको यो ट्रेलरलाई रिलिज भए लगत्तै मनपराएका छन् । केहि दिन अघि यस फिल्मको पोष्टर सार्वजनिक भएको थियो । पोस्टरमा अक्षय कुमार दुई युवतीको बेबी बम्पको बीचमा च्यापिएका छन् ।

२५ डिसेम्बरका दिन रिलिज हुने तयारीमा रहेको यस फिल्म सरोगेसीमा आधारित रहेर तयार भएको छ । फिल्ममा अक्षय कुमार, दिलजीत दोसांझ, करीना कपूर, कियारा आडवाणी लगायतका कलाकारको अभिनय रहेको छ । पछिल्लो समय अक्षयको हाउसफुल ४ ले बलिउडमा धमाका मच्चाइरहेको छ ।