सांकेतिक तस्बिर

मंसिर १- रौतहटको मुख्य ब्यापारी केन्द्र गरुडा स्थित एउटा होटेलमा प्रहरीले छापा मार्दा दुईजना महिलासहित ७ जना पक्राउ परेका छन । बिषेश सुचनाको आधारमा प्रहरीले गरुडा स्थित होटेल खुसीमा छापा मार्दा संबेदनसिल अवस्थामा रहेकी दुईजना महिला र ४ जना पुरुषलाई पक्राउ गरेको हो ।

शनिवार साँझ ६ बजे ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक रिपेन्द्र शिंहको कमाण्डमा गएको टोलीले होटेल खुसीमा छापामारी गर्दा अर्धनग्न अवस्थामा २ पुरुषका साथै त्यसै अवस्थामा पाँचजना पुरुष पक्राउ परेको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेहरुमा बौधीमाई नगरपालिका वडा नं. ५ का चन्द्रिका साह,वडा ३ का बिनोद ठाकुर लोहार, राधेश्याम प्रसाद कुश्वाहा,गरुडा नगरपालिका जिंगडिया टोलका शेख साजीद आलम र हाटेल सञ्चालक गरुडा ५ महमदपुरका बिन्दा साहका छोरा शिव प्रसाद साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिएका छन ।


रुपेन्द्र पटेल
रुपेन्द्र पटेल
rupendra@khabarbreak.com
रौतहट, खबरब्रेक संवाददाता