हेटौँडा,१ मंसिर ।
हेटौँडा जेसीज सन् २०२० को अध्यक्ष पदका लागि हेटौंडाका युवा व्यवसायी सुधिर दाहालले उम्मेद्वारी दिने भएका छन् । दाहालले आज खबरब्रेकसँग कुरा गर्दै अध्यक्षको लागि आफ्नो उम्मेद्वारी रहने पक्का भएको बताए ।

२०१२ देखि हेटौंडा जेसीजमा आबद्ध भएका दाहालले जेसीजमा कार्यकारिणी उपाध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षको पद निर्वाह गरिसकेका छन् । उनी लायन्स क्लब अफ हेडम्बा, स्वास्थ्यकर्मी संघ जिल्ला शाखा उपाध्यक्ष, जलेश्वर मन्दिर निर्माण समिति सल्लाहकार रहेर समाजिक क्षेत्रमा काम गरिरहेका छन् ।

अध्यक्षको भूमिकाको लागि साथिहरुले आफुलाई भनेको र आफु पनि सक्षम रहेको कारण यो पटक उम्मेद्वारी दिन लागेको बताए । जेसीजलाई थप उत्तरदायित्व बनाउन आफ्नो महत्वपूर्ण भूमिका हुने उनको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।